इराकसँग तीन खेलमा १६ गोल खाएको नेपालको अग्निपरीक्षा आज (फोटो फिचर)

Photo's : ANFA
Photo's : ANFA

नेपाल र इराक मैत्रीपूर्ण खेलका लागि आज भिड्दै छन्। नेपाली समयअनुसार राती सवा १० बजे बसरास्थित अल फाया रंगशालामा यी दुई देशबीच भिड्न्त हुँदैछ।

नेपाली टोली खेलको लागि तयार भएको टिम व्यवस्थापक कृष्ण मानन्धरले बिएल नेपाली सेवालाई जानकारी दिए। नेपालले शुक्रबार खेल हुने रंगशालामा सामान्य अभ्यास गरेको थियो। 

नेपाली टोली आज सेतो जर्सीमा मैदानमा उत्रिदै छ। मे २६ मा इराक पुगेको नेपाली टोलीलाई कारोना महामारीका बीच पनि घरेलु टोलीले भब्य स्वागत गरेको थियो। 

नेपाल र इराकबीच यसअघि तीन वटा खेल भइसकेका छन्। जसमा तीनै पल्ट नेपाल पराजित भएको छ। सन् २००१ मा भएको विश्व कप छनोट खेलमा नेपाल ९–१ गोलले पराजित भएको थियो। यो नै इराकविरूद्ध नेपालको अहिलेसम्मकै खराब प्रदर्शन हो।

यसअघि १९८२ को एसियन गेम्समा नेपाल ३–० ले पराजित भएको थियो। २००१ मा भएको विश्व कप छनोटको अर्को खेलमा २ गोल फर्काउन सफल भएपनि नेपाल ४–२ गोलले पराजित भएको थियो।

इराकविरूद्ध नेपालका पूर्व स्ट्राइकर निराजन रायमाझीले २ तथा हरि खड्काले १ गोल गरेका थिए। ९ गोल खाएको खेलमा निराजनले एक गोल फर्काएका थिए। नेपालले इराकसँग ३ खेलमा १६ गोल खाएको छ भने ३ गोल फर्काउन सफल भएको छ।

प्रकाशित मिति: : 2021-05-29 11:01:00

प्रतिकृया दिनुहोस्