चितवनमा गैंडाको आक्रमबाट एक महिलाको मृत्यु

Symbolic photo
Symbolic photo

गैंडाको आक्रमणबाट पूर्वी चितवनमा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा कालिका नगरपालिका– १ का ५५ वर्षीया तेजकुमारी सुनार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार स्थानीय चतुर्मुखी सामुदायिक वनमा घास तथा न्यूरो खोज्न जाने क्रममा उनीलाई गैंडाले आज दिउँसो आक्रमण गरेको थियो।

गैंडाको आक्रमणबाट घाइते सुनारको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो।रासस

प्रकाशित मिति: : 2021-05-29 17:10:00

प्रतिकृया दिनुहोस्