प्रसिद्ध अमेरिकी गायक माइक पोस्नर सगरमाथाको चुचुरोमा

अमेरिकी प्रसिद्ध गायक माइक पोस्नर सर्वोच्च शिखर सगरमाथाको चुचुरोमामा पुगेका छन्।

पोस्नर आज (मंगलबार) बिहान ४:३५ बजे सगरमाथाको चुचुरोमा सफलतापूर्वक पुगेको सेभेन समिट ट्रेक्सले जानकारी गराएकाे छ।

अमेरिकी प्रसिद्ध गायक पोस्नर विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि ७ अप्रिलमा नेपाल आइपुगेका थिए। 

सगरमाथा आरोहण अघि ३३ वर्षे संगीतकारले सगरमाथा आफ्नो जीवनको पुस्तकमा एक अध्याय थप्न र आपराधिक वकीलको रूपमा काम गरेका आफ्नो दिवंगत बुबा म्याक मिलरको सम्झना स्वरुप सम्मानका लागि चढ्न लागेकाे 'पिपल टिभी' कार्यक्रममा बताएका थिए। 

सन २०१० को २२ वर्षको उमेरमा उनले ' ३१ मिनट्स टु टेकअफ' नामक एल्बम निकालेर पोस्रर चर्चित बनेका थिए। त्यही एल्बम भित्रको 'कुलर द्यान मी' गीत युएस बिलवोर्डको टप टेनभित्र परेका थियो।

सन् २०१५ मा रिलिज भएको 'आइ टुक अ पिल इन इविजा' शीर्षकको गितमा उनि २७ देशमा टप टेनभित्र पर्न सफल भएको थियो। यो गित अमेरिकाको ' विलवोर्ड हट १००' को उत्कृष्ट ५ भित्र परेको थियो।

माइकल रोबर्ट हेन्रियन पोस्नर प्रसिद्ध अमेरिकी गायक, गीतकार, कवि तथा रेकर्ड निर्माता हुन्।


फाेटाे : सेभेन समिट ट्रेक्स

प्रकाशित मिति: : 2021-06-01 09:04:00

प्रतिकृया दिनुहोस्