बजेटमा रजगजः प्रधानमन्त्रीसहित पाँच पहुँचवाला नेताको क्षेत्रमा ओइरो

रुपन्देही र झापासँगै दाङ, भक्तपुर र काभ्रेलाई प्राथमिकता

अनलाइनखबर

काठमाडाैं

बजेट निर्माणमा संग्लन अधिकारीहरुका अनुसार मन्त्री र राजनीतिक दलका नेताले बजेट ‘म्यानुपुलेसन’ गर्ने प्रयास गर्नु नौलो होइन। मैले यो कार्यक्रम ल्याएँ, त्यो कार्यक्रम ल्याएँ भनेर जनतामा जाने बहानाका लागि पनि उनीहरु बजेट ‘म्यानुपुलेसन’ गर्न चाहन्छन्।

यो पटक राजनीतिक परिस्थिति फरक थियो। प्रतिनिधिसभा विघटन गरेर कात्तिक ७ र मंसिर ३ गतेका लागि मध्यावधि निर्वाचन घोषणा भइसकेको थियो। पूर्वअर्थमन्त्री लगायतले कामचलाउ मात्र बजेट ल्याउन आग्रह गरेका थिए भने पूर्व निर्वाचन आयुक्तहरुले पनि निर्वाचनलाई प्रभावित गर्ने कार्यक्रमहरु बजेटमा नराख्न आग्रह गरेका थिए।

तर सरकारले चुनावलाई हेरेर लोक रिझाउने बजेट मात्र ल्याएन, प्रधानमन्त्री र उनी निकट नेताहरुको गृह जिल्लाले बजेटमा राम्रै स्थान पाएको छ। ‘बजेट म्यानुपुलेट गर्ने प्रवृत्ति नांगो रुपमा आयो। पहुँच भएकाहरुले आफ्नै पोल्टा बढी भरेको देखियो’ पूर्व मुख्यसचिव विमल कोइराला भन्छन्।

‘आफ्नो हात जगन्नाथ’

अर्थमन्त्री विष्णु पौडेलले गृहजिल्ला हो रुपन्देही, अध्यादेशमार्फर्त ल्याइएको आगामी आर्थिक वर्षको बजेटमा रुपन्देहीका लागि दर्जनौं कार्यक्रम समावेश छ। रुपन्देहीमा पनि बढीजसो बजेट बुटवल उपमहानगरपालिकामा केन्दि्रत छ।

जस्तो, बुटवलसहितका ठूला शहरमा विद्युतको तार भूमिगत, बुटवल धागो कारखाना निजी क्षेत्रसँगको साझेदारीमा सञ्चालन गर्न प्रस्ताव आहृवान गर्ने, बुटवलसहितका सरकारी अस्पतालमा निःसन्तान दम्पत्तिका लागि आईभिएफ सेवा विस्तार गर्ने, नारायणगढ-बुटवल सडकखण्ड विस्तारलाई तीव्रता दिने, बुटवल-कोहलपुर खण्डको विस्तृत डिजाइन गरी निर्माण थाल्ने, बुटवल मेडिकल कलेजको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी निर्माण थाल्ने आदि।

प्रकाशित मिति: : 2021-06-01 10:07:00

प्रतिकृया दिनुहोस्