के वीरेन्द्र भइदिएका भए नेपालमा अझै राजतन्त्र रहन्थ्यो?

हिमाल खबर

अलिशा सिजापति

राजा वीरेन्द्रका सैनिक सचिव भएर काम गरेका विवेक शाहका भनाइमा, वीरेन्द्र जीवित भएका भए आज पनि नेपालमा राजतन्त्र हुन्थ्यो र उनले आफ्नो सम्पूर्ण समय र ऊर्जा देश र जनताका समस्या समाधानमा लगाइरहेका हुन्थे।

आजभन्दा २० वर्षअघि, १९ जेठ २०५८ मा नेपालले अकल्पनिक बीभत्स घटनाको सामना गर्नुपर्‍यो। राजा वीरेन्द्र, रानी ऐश्वर्य र राजपरिवारका अन्य आठ सदस्यको राति खाना खाने बेला दरबारभित्रै हत्या भएको थियो। 

मध्य काठमाडौंका बासिन्दाले साँझ पौने नौ बजे स्वचालित गोलाबारीको आवाज सुनेका थिए। र, माओवादीले दरबारमा आक्रमण गरेछ भन्ठानेर डराएका पनि थिए। तर, पछि के बुझियो भने त्यतिवेला युवराज दीपेन्द्रले स्वयंलाई मार्नुअघि बुबा, आमा, भाइ, बहिनी, काका, काकी र अन्य आफन्तलाई गोली हानेका थिए। 

राजपरिवारको संहार भएको त्यो घटनाले नेपालमा मात्र विश्वलाई नै स्तब्ध बनाएको थियो। 

त्यो वेला नेपालमा माओवादीको हिंसात्मक व्रिदोह चर्किएको थियो, जसको लक्ष्य थियो राजतन्त्र अन्त्य। तर, राजतन्त्र आफैं  क्षयउन्मुख थियो।

प्रकाशित मिति: : 2021-06-02 20:08:00

प्रतिकृया दिनुहोस्