रसुवाको तीन स्थानीय तहलाई औषधी सहयोग

Symbolic photo
Symbolic photo

लाजिम्पाटमा रहेको एशोसियशन नेपाल आकी अन्तर्गत सञ्चालित ‘कोथिना मीठो छ हस्पिटालिटी स्कूल’ले रसुवाको तीन स्थानीय तहलाई औषधी सहयोग गरेको छ। 

नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि उक्त स्कूलले सो जिल्लाको उत्तरगया, नौकुण्ड र आमाछोदिङम्मो गाउँपालिकामा होम आइसोलेशनमा  रहेका सङ्क्रमितलाई आवश्यक सामग्री  सहयोग गरेको हो। पूर्व सांसद मोहन आचार्यमार्फत सोही गाउँपालिकामा स्वास्थ्य सामाग्री पठाइ वितरण गरिएको हो। 

स्कूलका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र पोखरेलले कोरोनालाई आवश्यक पर्ने औषधी सहयोग गरेको जानकारी दिए। ती सामाग्रीमा भिटामिन ‘सी’, भिटामिन ‘डी’, जिङ्क चक्की, कोडोमोल ट्याब्लेट, विटा टु, थर्मोमिटरलगायत छन्। 

सङ्मितलाई डाक्टरको सल्लाहअनुसार आवश्यक पर्ने औषधि र स्वास्थ्य स्वयम्सेवकलाई स्वास्थ्य सामाग्री सहयोग गरिएको उनले बताए।

'ग्रामीण क्षेत्रमा कोरोना रिपोर्ट पोजेटिभ आएर आत्तिएका जनतालाई थोरै भएपनि राहत पुग्ने उदेश्यले हामीले प्राथमिक स्वास्थ्य उपचारका लागि उक्त औषधि पठाएका हौँ, जनता रोगले आत्तिएको बेलामा यसले थोरै भएपनि सहयोग पुग्नेछ' उनले भने। जिल्लामा सक्रिय  सङ्क्रमितको सङख्या २०० रहेका जनाइएको छ। रासस 

प्रकाशित मिति: : 2021-06-03 18:16:00

प्रतिकृया दिनुहोस्