आज सर्वोच्च अदालतको फुल कोर्ट बैठक बस्दैछ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको आह्वानमा फुल कोर्ट बैठक बस्न लागेकाे हाे।
प्रतिनिधिसभा विघटनविरुद्ध परेका मुद्दाको सुनुवाईका लागि संवैधानिक इजलास गठनमा विवाद आएपछि प्रधानन्यायाधीश जबराले बैठक आह्वान गरेका हुन्।
गत मंगलवार संवैधानिक इजलासका दुई न्यायाधीशले इजलासमा नबस्ने घोषणा गरेका थिए।