कोभिड वार्डमा पर्दा पछाडिका यी हिरो, जो गुमनाम रहेरै काम गर्छन्

रातोपाटी

काठमाडाैं

कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सक, नर्स लगायत स्वास्थ्यकर्मीहरु प्रायः सबैको नजरमा पर्छन्। झट्ट हेर्दा कोरोना महामारीविरुद्ध उनीहरु प्रमुख योद्धाका रुपमा देखिन्छन्। तर त्यही अस्पतालमा कार्यरत सफाइकर्मी तथा बेडसिट, गाउन, पीपीई धुने काममा दैनिक खटिएका जनशक्ति भने धेरैको नजरबाट ओझेलमा परेका देखिन्छन्।

जबकि चिकित्सक, स्वास्थ्यकर्मीले प्रयोग गरेका त्यस्ता सामान धुने, संक्रमित बिरामीले प्रयोग गरेका ‘बेड कभर’ लगायतका वस्तु सफा गर्ने, अस्पतालमा सरसफाइ गर्ने उनीहरु दैनिक कोरोना संक्रमणको जोखिम मोलेर स्वास्थ्यकर्मीजत्तिकै खटिएका हुन्छन्। तर मानिसका नजरमा चिकित्सक, नर्स, अन्य स्वास्थ्यकर्मी पर्दा अगाडि देखिन्छन् भने यस्ता सफाइकर्मीहरु सधैँ पर्दा पछाडि रहने गरेका छन्।

कोरोनाभाइरस संक्रमित बिरामीले प्रयोग गरेको गाउन, बेड कभर, सिरानीको खोल, पातला खालका ब्ल्याङ्केट, डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीले प्रयोग गरेका पीपीई संकलन गरेर धुन लैजाने र पुनः प्रयोगका लागि वार्डमा पु-याउन त्यस्ता कर्मचारी दैनिक खटिएका हुन्छन्।

​त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको कोभिड वार्डमा बिरामीको चाप बढेपछि लुगा सफाइका लागि मेसिन, कर्मचारीसमेत थप गरिएको छ। कोभिड वार्डमा प्रयोग भएका लुगा सफाइका लागि चौबिसैघण्टा कर्मचारी खटिने गरेका छन्।

यिनै कर्मचारीमध्ये एक हुन् नुवाकोटका सुमन पाण्डे । २१ वर्षीय पाण्डे अस्पतालमा अरुसरह दैनिक ८ घण्टा ड्युटी गर्छन्।

प्रकाशित मिति: : 2021-06-04 11:08:00

प्रतिकृया दिनुहोस्