‘चुरेमा खानी खोल्दा हजारौं ठाउँमा पहिरो जान्छ’

अनलाइनखबर

काठमाडाैं

सरकारले जेठ–१५ को बजेट वक्तव्य मार्फत ‘खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिनेछ’ भनेसँगै अहिले चुरे पहाडमा खानी खोल्ने विषय चर्चामा छ।

बजेटको बुँदा– १९९ ले चुरे लगायतका पहाडमा खानी सञ्चालन गरी निर्माण सामग्री निकासी गर्ने संकेत गरेसँगै वातावरणविद् तथा अभियन्ताहरू आक्रोशित बनेका छन्। उनीहरूले चुरे दोहन हुँदा तराई मरुभूमि बन्ने भन्दै सरकारी निर्णयप्रति गम्भीर आपत्ति जनाएका छन्।

यसै सन्दर्भमा हामीले त्रिचन्द्र क्याम्पस भूगर्भ विभागका सहप्राध्यापक डा.सुबोध ढकालसँग चुरे पर्वतको विषयमा कुरा गरेका छौं। डा. ढकाल चुरे पहाडको पहिरो अनुसन्धान तथा विपद् अध्ययनकर्ता पनि हुन्।

चुरेको भौगोलिक बनोट, महत्त्व तथा सरकारी कदमबारे डा. ढकालसँग गरिएको कुराकानीको सम्पादित अंश :

‘चुरे’ भनेर वैज्ञानिक रूपमा हामीले कुन भौगोलिक क्षेत्रलाई बुझ्ने ?

नेपालको पाँचवटा धरातलीय स्वरूप छ। सबैभन्दा दक्षिणमा तराई छ, त्यसको उत्तरमा चुरे, त्यसपछि महाभारत पर्वतशृङ्खला, त्यसभन्दा उत्तरमा उच्च हिमाली भाग र उत्तरमा हिमालय पर्वत छ। यीमध्ये दक्षिणतिरको सबैभन्दा पहिलो पहाड जुन बनोटको आधारमा सबैभन्दा कान्छो पहाड हो त्यसैलाई चुरे भनेर चिनिन्छ।

यसो त बनोटका आधारमा हिमालय पर्वतशृङ्खला संसारका पर्वतशृङ्खलामध्ये सबैभन्दा कान्छो हो भने हिमालयभित्रको पनि कान्छो पहाडको रूपमा चुरे पर्दछ। यो पवर्तशृङ्खला नेपालमा मात्र नभई अफगानिस्तानदेखि बर्मासम्म फैलिएको छ।

प्रकाशित मिति: : 2021-06-04 19:57:00

प्रतिकृया दिनुहोस्