नेपाल महिला संघकी केन्द्रीय सदस्य  संगिता कर्माचार्यकाे मृत्यु 

नेपाल महिला संघकाे केन्द्रीय सदस्य सिराहा निवासी  संगिता कर्माचार्यकाे कोरोना संक्रमणबाट मृत्यु भएको छ।

उनको झापाको वि एण्ड सि हस्पिटलमा उपचारकाे क्रममा मृत्यु भएकाे हो।

कोरोना माहामारीको कारण खाधान्न संकटमा परेका गरिब, मजदुर, अपाङ्ग, विपन्न, एकल महिला आदिलाई आफ्नै बलबुतामा राहत, लत्ताकपडा लिएर गत वर्ष देखि नै टोल टोल र बस्तीहरूमा पुगी सहयोग गर्दै आईरहेकी उनी लहान नगरबासीमा लोकप्रिय बनेकी थिइन।

उनको निधनले लहान नगरनै शोकाकुल भएको छ।

गरिब दुखीको सेवामा सधैँ कृयाशिल महिला नेतृ कर्माचार्यकाे मृत्यु भएकोमा काङ्ग्रेस कार्यकर्ताहरुले दुख प्रकट गरेका छ्न्।नेपाली कांग्रेस केन्द्रिय सदस्य डा.डिला संग्रौलाले कर्माचार्यको निधनले कांग्रेसलाई अपुरणिय क्षति पुगेको बताईन् । सामाजिक सञ्जालमा उनले लेखेकी छिन्,नेपाल महिला संघ केन्द्रिय सदस्य ,समाजसेवी ,प्यारी बहिनी संगिता कर्मचार्यको असामयिक निधनले म निशब्द र मर्माहित भएको छु। यो अकल्पनीय पीडादायक दुःखद् घटनाले नेपाल महिला संघ एबम नेपाली काङ्ग्रेसलाई अपुरनिय क्षति भएकोछ ।बैनिको आत्माले शान्ती पाओस्।

प्रकाशित मिति: : 2021-06-05 10:53:00

प्रतिकृया दिनुहोस्