चौदण्डीगढी नगरपालिकाका झण्डै ४५ घर हावाहुरी पीडित परिवारलाई जस्ता पाताहरु वितरण गरिएको छ।
नगरको वडा नम्बर २, ३ र ४ का हावाहुरी पीडितलाई झण्डै २५० बण्डल जस्तापाता वितरण गरिएको चौदण्डीगढी नगरपालिकाले जनाएको छ।
गत वैशाखको तेस्रो हप्ता आएको हावाहुरीले नगरको वडा नम्बर २, ३ र ४ का जनताको घरको छानो उडाएपछि विचल्लीमा परेका जनताको लागि नगरपालकाले झण्डै १८ लाखभन्दा बढीको जस्तापाता खरीद गरेर हालै सम्बन्धित पीडित जनतालाई वितरण गरेको नगर प्रमुख खगेन्द्र राईले बताए।
अब सबै जनताले प्रत्येक घरमा एक दर्जनदेखि डेढ दर्जनसम्मका दरले जस्तापाता प्राप्त गरेको कारण छानो मर्मत गरेर घरमा बस्न सक्ने नगरपालिकाले बताएको छ। रासस