ब्लाईन्ड रक्स संस्थाको सात औं वार्षिकोत्सव सम्पन्न भएको छ।
दृष्टि विहिनहरुको अन्तरशक्तिलाई उजागर गर्न सक्रिय रहेको सो संस्थाको भर्चुअल कार्यक्रममार्फत वार्षिकोत्सव सम्पन्न भएको हो।
उक्त कार्यक्रममा दृश्य संचारमा अपाङ्गता भएका व्यक्तिलाई मूलधारमा कसरी अगाडि बढाउने भन्ने विषयमा समूहगत छलफल भएको थियो।
वरिष्ठ हास्यव्यङ्गग कलाकार मदनकृष्ण श्रेष्ठले दिष्टिविहिन तथा अपाङ्गता मानिसको क्षमतालाई पहिचान गरी उनीरुको समस्यालाई राष्ट्रले सम्बोधन गर्नुपर्ने धारण व्यक्त गरेका थिए।
त्यसै गरी वरिष्ठ संचारकर्मी दिलभूषण पाठकले अपांङ्गता भएका मानिससंग भएको फरक क्षमतालाई सपोर्ट गर्न सकेमा उनीहरुको वास्तविक क्षमतालाई उजागर गर्न सकिने बताएका थिए।
त्यस्तै मिडियाहाउस अझै पनि अपांगमैत्री नभएको गुनासो गर्दै आफूले काम गर्ने मिडियालाई अपांगमैत्री बनाउन पहल गरेर सफल भएको बताए।
सो कार्यक्रमा नायिका स्वस्तिमा खड्काले नेपाली चलचित्रमा अपाङ्गता तथा दृष्टि विहिनहरुलाई समेट्न नसकिएको बताउदै आफूले चलचित्रको निर्माण गरेमा यो विषयलाई प्राथमिकता दिने बताएकी थिइन्।
राष्ट्रिय नाचघरका प्रबन्ध व्यवस्थापक अशोक प्यासी राईले राष्ट्रिय नाचघर जस्ता थिएटरहरु आपङ्गमैत्री बन्न नसकेको स्विकार गर्दै आगामी दिनहरुमा अपाङ्गता भएका व्यक्तिहरुको क्षमता प्रष्फुटन सघाउ पुर्याउन सोहि अनुसार पूर्वाधार विकास गर्नको लागि आफैले पहल गर्ने बताए।
समूह्ह्गत छलफलको नेतृत्व गरेकी संस्थाकी संस्थापक सृष्टि केसीले अपाङ्गता दृष्टि विहिन व्यक्तिहरुलाई पनि आम मानिस सरह समणीकारण गरेर हेर्न जरुरी रहेको बताउदै दृष्टि गुमाउदैमा क्षमता नै नभएको झैँ गरी अन्धकारसंग जोडिनु असामान्य भएको बताइन्। यस सम्बन्धि चेतना दिनु जरुरी रहेको उनको भनाइ थियो।
दृष्टि विहिन अभियन्ता बिरेन्द्र पोख्रेलले सरकारले अपाङ्गता भएका व्यक्तिलाई भत्तामा सिमित गरेर उनीहरुको क्षमतालाई अवमूल्यन गरेको जनाउदै अपाङ्गता तथा दृष्टि विहिनहरु भित्रको अन्तरशक्तिलाई ब्लाईन्ड रक्सले बाहिर ल्याइदिने काम गरेको उनले बताए।
सो अवसरमा ब्लाईन्ड रक्सले निर्माण गरेको 'सर्ट क्यासेट प्लेयर' नामक फिल्मको प्रदर्शन समेत गरिएको थियो भने संस्थाले
विभिन्न क्षेत्रबाट अपाङ्गताको क्षेत्रमा सहयोग पुर्याउने व्यक्ति तथा संस्थालाई सम्मान तथा पुरस्कार प्रदान गरेको थियो।
कला र सिर्जनाको माध्यमबाट दृष्टि विहिन तथा अपाङ्गता भएका युवाको सशक्तिकरण गर्ने उद्देश्यले ७ वर्ष अघि ब्लाईन्ड रक्सको स्थापना गरिएको हो।
दृष्टि विहिन व्यक्तिहरुलाई समाजले अन्धकार भनेर बुझ्ने गरेकोमा उनीहरुको जिवन रंगिन छ भन्ने सन्देश दिनका लागि ब्लाईन्ड रक्सले नृत्य फेसनलगायतका साहासिक कामलाई अगाडि बढाएको छ।
संस्थाले हालसम्म दृष्टि विहिन तथा अपाङ्गता भएका व्यक्तिमात्र नभई सिमान्तकृत समुदायका व्यक्तिलाई आर्थिक सशक्तिकरण शैक्षिक सामग्री वितरण गर्नका साथै क्षमता विकास र जनचेतना मुलक कार्यक्रम संचालन गर्दै आइरहेको छ।
यसैगरी संस्थाले देशव्यापी रुपमा छरिएर रहेका दृष्टि विहिनहरुलाई एकृत गरी राष्ट्रियव्यापी रुपमा 'मिस्टर एण्ड मिसेज ब्लाईन्ड रक्स' प्रतियोगिता, फेसन प्रतियोगिता तथा साहसिक प्रतियोगिता संचालन गर्दै आइरहेको छ।