सत्र वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्।
दोधारा चाँदनी नगरपालिका-३ शिवनगर टोल बस्ने २४ वर्षीय नबिन सुनारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
सुनारले ती किशोरीलाई शुक्रबार राति जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।
ईलाका प्रहरी कार्यालय दोधाराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।