नुवाकोटमा कोरोना संक्रमित तीनको मृत्यु

नुवाकोटमा कोरोना संक्रमति भएर पछिल्लो २४ घण्टामा थप तीन जनाको निधन भएको छ। 

दुई जनाको त्रिशूली अस्पतालमा र एक जनाको घरकै एकान्तबासमामा निधन भएको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकृत उत्तम खनालले जानकारी दिए। 

योसँगै जिल्लामा संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या २९ जना पुगेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ। हाल जिल्लामा कोरोनाको सक्रिय संक्रमितको सङ्ख्या ९४४ जना रहेको छ। रासस 

प्रकाशित मिति: : 2021-06-06 21:31:00

प्रतिकृया दिनुहोस्