जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञाको समय थप गरेको छ।
सोमबार रातिबाट लागु हुनेगरी निषेधाज्ञाको समय थप गरेको हो।
मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार थप गरिएको निषेधाज्ञाको समय अवधी जेठ ३१ गतेसम्म रहनेछ।
सङ्क्रमणदरमा कमी आएपनि महामारीको जोखिम कायम नै भएकाले जेठ ३१ गते राति १२ बजेसम्म निषेधाज्ञाको समय थप गरिएको हो।