रतुवामाई नगरपालिकाका मेयर रबिन राईलाई कोरोना संक्रमण

मोरङको रतुवामाई नगरपालिकाका मेयर रबिन राईलाई कोरोना संक्रमण भएको छ।

नगरमा कोरोना नियन्त्रणमा अहोरात्र खटिएका मेयर राईको पिसिआर रिपोर्टमा आज कोरोना पोजेटिभ आएको हो।

बिएल नेपालीसंग कुरा गर्दै मेयर राईले कोरोना पोजेटिभ रिपोर्ट आएपनि स्वास्थ्यमा कुनै समस्या नदेखिएको बताए। मेयर राईले भने, गोबिन्दपुरमा होम क्वारेन्टाइनमा छु।'

मेयर राईले कोरोना पोजेटिभ आएपनि कति पनि बिचलित नभई घरैबाट जनताको सेवा गर्ने उल्लेख गरे। 'सबैलाई सचेत र सावधानी हुन अनुरोध गर्दछु', मेयर राइले भने।



रतुवामाईका मेयर रविन राई भन्छन्– कहिलेकाहीँ त पानी पिउने फुर्सद पनि हुँदैन

प्रकाशित मिति: : 2021-06-07 14:55:00

प्रतिकृया दिनुहोस्