चीनबाट अनुदान प्राप्त चिनियाँ खोप आजबाट सातै प्रदेशमा लगाइदैछ।
खाेप विभिन्न उमेर समूहलाई लगाइने छ। सोमबार स्वास्थ्य सेवा विभागले सातै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई परिपत्र गर्दै १८ वर्षमाथिका र ५५ वर्षमाथिका उमेर समूहलाई खाेप दिन दिएकाे हाे।
तिब्बतसँग जोडिएका जिल्लामा १८ वर्षमाथिका पहिलो डोज लगाउन बाँकीलाई प्राथमिकता दिइनेछ भने सबै हिमाली जिल्लाका ५५ वर्षदेखि ५९ वर्षबीचका पहिलो डोज लगाउन बाँकीलाई पनि प्राथमिकता दिइने छ।
अन्य जिल्लाको हकमा ६२–६४ वर्ष उमेर समूहलाई प्राथमिकता दिन परिपत्रमार्फत् आग्रह गरिएको छ।