खनाल-नेपाल समूहले प्रस्ताव अस्वीकार गरेपछि अब के गर्लान् ओली ?

रातोपाटी

काठमाडौं

सत्तारुढ दल नेकपा एमालेभित्रको आन्तरिक विवादले अन्ततः पार्टी विभाजनउन्मुख बनेको छ। केपी ओलीले राखेको ६ बुँदे प्रस्ताव माधव पक्षले अस्वीकार गरिसकेको छ। अब केपी ओलीले कस्तो कदम चाल्लान् भन्ने चासो बढेको छ।

फागुन २३ यता एमालेका समूहले भिन्दाभिन्दै राजनीतिक गतिविधि गर्दै आएपछि विवाद निरुपण गर्न दुवै पक्षबाट औपचारिक अनौपचारिकरुपमा भएका प्रयासहरुले ठोस आकार ग्रहण गर्न नसक्दा एमालेको औपचारिक विभाजन सन्निकट बन्न पुगेको एमाले नेता कार्यकर्ताहरुले नै स्वीकार गरेका छन्।

म्वाङ भन्छन् –अध्यक्षले गर्न सक्ने प्रयास गरिसक्नुभयो

एमालेको विवाद नमिल्ने संकेत देखिएपछि अब ओली कसरी अघि बढ्लान् भन्ने चासो एमालेसहित अन्य राजनीतिक वृत्तमा समेत बढेको छ। यद्यपि ओलीले चाल्ने सम्भावित कदमबारे ओली निकट नेताहरुले मुख खोलिसकेका छैनन्।

प्रकाशित मिति: : 2021-06-08 13:48:00

प्रतिकृया दिनुहोस्