कोभिड–१९ को महामारीबीच अग्रपङ्तिमा रहेर खटिने सञ्चारकर्मीलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको छ।
माइती नेपाल मोरङले नेपाल पत्रकार महासङ्घ मोरङमा आबद्ध पत्रकारको सुरक्षा र सहजताका लागि सर्जिकल मास्क, ग्लोब्स र सेनिटाइजरलगायत सामग्री प्रदान गरेको छ।
माइती नेपाल मोरङका संयोजक विनोद पोखरेलले जिल्लामा खटिने सञ्चारकर्मीको स्वास्थ्य सुरक्षाका लागि आज यहाँ महासङ्घका जिल्ला अध्यक्ष सन्जिव खनाललाई सो सामग्री प्रदान गरेका छन्।
सो अवसरमा संयोजक पोखरेलले कोभिड–१९ को महामारीबीच अग्रपङ्तिमा रहेर खटिने सञ्चारकर्मीका लागि स्वास्थ्य सामग्री सहयोग गरेको र आगामी दिनमा पनि यस्ता सहयोग जारी रहने प्रतिवद्धता व्यक्त गरे।
महासङ्घका जिल्ला अध्यक्ष खनालले प्राप्त स्वास्थ्य सामग्रीले सञ्चारकर्मीलाई स्वास्थ्य जोखिम कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै जिल्लामा २१ पत्रकार कोरोना भाइरस सङ्क्रमित भएको र तीमध्ये अहिले तीन जना होम आइसोलेशनमा र एक जनालाई अस्पतालमा उपचार भइरहेको जानकारी दिए। रासस