काली गण्डकी करिडोर चार दिनपछि पुनः सञ्चालन

File photo
File photo

पहिरोले अवरुद्ध बनेको उत्तर–दक्षिण जोड्ने  सबैभन्दा छोटो काली गण्डकी करिडोर पुनः सञ्चालनमा आएको छ। 

पर्वतको बिहादी गाउँपालिका–२, खबराको भीरमा पहिरो खस्दा गत चार दिनदेखि अवरुद्ध सडक आजदेखि पूर्णरुपमा सुचारु भएको हो। 

भीरमाथीबाट ढुंगामाटोसहितको ठुलो पहिरो आउँदा सडक अवरुद्ध भएको थियो। डोजर लगाएर शुक्रबार दिनभरीमा पहिरो पन्छाएपछि अवरुद्ध सडक नियमित बिहादी गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसालले जानकारी दिए। पहिरो झर्ने क्रम भने नरोकिएकाले जोखिम कायमै रहेको भुसालले बताए। रासस  

प्रकाशित मिति: : 2021-06-12 20:37:00

प्रतिकृया दिनुहोस्