दीपक मनाङेको जगमा उभिएको वैकल्पिक सरकार

सत्ताको खेलमा रातारात कित्ता परिवर्तन गरी विपक्षीलाई साथ दिने घोषणा गर्दै राजीव गुरुङ (दीपक मनाङे)ले भने, ‘यो व्यवस्था बचाउन यस्तो निर्णय गरें ।’ लामो राजनीतिक संघर्ष र संघीय व्यवस्था ल्याउन लडेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संसद भंग गर्न खोजेकाले उनको साथ छाडेको उनकै सरकारका युवा तथा खेलकुद मन्त्री मनाङेको भनाइ थियो ।

संसदको हत्या हुन नदिन विपक्षी गठबन्धनलाई साथ दिएको मना मनाङेको सुनेपछि त्रिभुवन विश्वविद्यालयका मानवशास्त्र विभाग प्रमुख प्राध्यापक डम्बर चेम्जोङ लाग्यो, ‘दीपक मनाङेले बचाइदिनुपर्ने कस्तो लोकतन्त्रको विकास गरेछौं ?’

आपराधिक पृष्ठभूमिका मनाङे विपक्षीका नजरमा कहिले गुण्डा नाइके भने त कहिले भाग्यदाता ।

सुरुमा सत्ता पक्षका लागि नायक बनेका मनाङे एकाएक सरकारै गिराउने खलनायक बने । ‘राजनीति बजारजस्तो भयो । लोकतान्त्रिक मूल्य, मान्यता, विचारसँग यो सम्बन्धित नै छैन, किनबेचसँग सम्बन्धित छ,’ लोकतान्त्रिक मूल्य मान्यतामाथि विमर्श गर्दै आएका चेम्जोङले भन्छन्, ‘लोकतन्त्र दलाल लठैतको हातमा गयो । मनाङेहरु त्यसैको उपज हुन् । मनाङेले व्यवस्था बचाइदिएका होइनन्, व्यवस्थाको गलत प्रयोग गर्नेहरुबाट फाइदा उठाएका हुन् ।’

तर सत्ता अंकगणित र गलत राजनीतिक अभ्यासमा मनाङेहरुलाई कहिलेकाहिँ ‘हिरो’का रुपमा प्रस्तुत गर्न खोजिन्छ । चेम्जोङले भने झैं गण्डकी प्रदेशमा भइरहेको छ । सुरुमा दुई तिहाई पुर्याएका कारण त १५ वैशाखमा सत्ता बचाइदिएका कारण एमालेलाई मनाङलाई हिरो झै लाग्यो । उसो त स्वतन्त्र उम्मेदवारका रुपमा उनलाई जिताउने भूमिका पनि एमालेकै पथियो ।

अहिले उनी विपक्षी गठबन्धनका लागि हिरो भएका छन् । राष्ट्रिय जनेमार्चाका कृष्ण थापालाई सर्वोच्च अदालतले पुनर्वहाली गरिदिएपछि सरकार गठन गर्ने प्रयास विफल भएको निष्कर्षमा पुगेका विपक्षी गठबन्धनको साहारा मनाङे बने । मनाङे पनि युवा तथा खेदकुदबाट अझै कमाउ मन्त्रालयतिर जान पाउने भएपछि सहजै कित्ता परिवर्तन गर्न सहमत भए ।

मनाङेकै जगमा उभिएर शनिबार नेपाली कांग्रेस संसदीय दलका नेता ककृष्णचन्द्र नेपाली मुख्यमन्त्री बने । लगतै मुख्यमन्त्री पोखरेलले पनि चार मन्त्री नियुक्त गर्दा मनाङेलाई छुटाएनन् । मनाङेको दाबीलाई मान्ने हो भने अब उनले भौतिक पूर्वाधार मन्त्रालय पाउनेछन्, जुन निकै शक्तिशाली मन्त्रालय हो ।

प्रकाशित मिति: : 2021-06-13 06:13:00

प्रतिकृया दिनुहोस्