अवैध लागूऔषधसहित १२ जना पक्राउ  

Symbolic photo
Symbolic photo

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१० राममन्दिर मोड नजिकबाट अवैध लागूऔषध र नगदसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका-१० राममन्दिर मोड डेरा गरी बस्ने ३१ वर्षीय हेमजंग बानियाँ र सोही उपमहानगरपालिका-१ बस्ने ३४ वर्षीय सुरेश परियार रहेका छन्।

लागूऔषध बिक्री गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी भुटनदेवीबाट खटिएको प्रहरीले हेमजंगको साथबाट १४ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ र नगद ३ लाख ६६ हजार २ सय ५० रुपैयाँ तथा सुरेशको साथबाट नगद २ हजार रुपैयाँ फेला पारी पक्राउ गरेको हो।

त्यसैगरी बाँकेको राप्ती सोनारी गाउँपालिका-६ मोहनपुरबाट करिब १५ किलो अवैध लागूऔषध गाँजासहित सोही ठाउँ बस्ने ३२ वर्षीय गुप्त बहादुर बिक समेत ४ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।

भे.१ ह २७१५ नम्बरको अटोलाई लागूऔषध नियन्त्रण व्यूरो नेपालगंजबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अटोमा लुकाई ल्याउँदै गरेको उक्त गाँजासहित फेला पारी चालक विक समेत अटो सवार उनीहरुलाई पक्राउ गरेको हो।

यस्तै कञ्चनपुरको बेलौरी नगरपालिका-८ पचुईबाट १३ ग्राम ३० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने ३० वर्षीय हरिकृष्ण रानालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय बेलौरीबाट  खटिएको प्रहरीले जाँच गर्दा उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो।

झापाको कमल गाउँपालिका-३ बस्ने २२ वर्षीय बले भन्ने प्रज्वल बाँनियालाई करिब ४ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने लिसाइलो पदार्थ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो।

त्यसैगरी ईलामको माई नगरपालिका-४ शंकर गाउँबाट करिब ५ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने लिसाइलो पदार्थ सहित सोही नगरपालिका-८ बस्ने २८ वर्षीय महेश थापालगायत ४ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।

प्रदेश १(०१३ प. ७२२२ र ना.३२ प ६९१९ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी दानाबारीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी दुवै मोटरसाइकलमा सवार उनीहरुलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: : 2021-06-14 13:56:00

प्रतिकृया दिनुहोस्