कोरोना अपडेटः थप २९१८ जनामा संक्रमण, ५३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा २ हजार ९१८ जनामा कोरोना सङ्क्रमण भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ४ सय ३८ जनामा पिसिआर परीक्षण गरिएकोमा २०४९ र ५३८१ को एन्टिजेन परीक्षण गरिएकोमा ८६९ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै ५ हजार १४७ जना निको भएका छन्। पछिल्लो २४ घण्टामा कोरोनाबाट ५३ जनाको मृत्यु भएको छ। योसहित कूल मृत्यु हुनेको सङ्ख्यामा ८ हजार ४६५ जना पुगेको छ।

मन्त्रालयका अनुसार नेपालमा हालसम्म ६ लाख १० हजार ५२१ जना कोरोना सङ्क्रमित भएका छन्। त्यसैगरी ५ लाख ३६ हजार २५२ जना निको भएका छन्। 

प्रकाशित मिति: : 2021-06-14 17:08:00

प्रतिकृया दिनुहोस्