कोरोना ओरालो, पोस्ट कोभिड उकालो लाग्दै!

सेतोपाटी

काठमाडाैं

पहिलो लहरभन्दा दोस्रो लहरमा कोरोना संक्रमितको संख्या लगभग दोब्बर देखियो। मृत्युदर पनि झन्डै पाँच गुणाले बढेको देखिन्छ। तर पछिल्लो समय संक्रमण दर घट्दै गएकाले अबको केही हप्तामा कोरोना संक्रमितको संख्या ओरालो लाग्नेछ।

यद्यपि गाउँघरतिर भने संक्रमण फैलिरहेको खबरहरू आइरहेका छन्। संक्रमितमध्ये केहीमा उपचारपश्चात् पनि हप्तौ वा महिनौसम्म स्वास्थ्य समस्या देखिने गर्दछ। कोरोनाको पहिलो लहरमा कोभिड-१९ को उपचारपश्चात् निको भएकाहरूमा यस्ता समस्या देखिएको थियो। 

केही दिनयता फेरि यस्तै समस्या भएकाहरू सम्पर्कमा आउन थालेका छन्। उपचारपश्चात पनि स्वास्थ्यमा देखिने समस्या चार हप्ताभन्दा बढी लम्बिए। यसलाई 'पोस्ट एक्युट कोभिड-१९ सिन्ड्रोम' भनिने गरिन्छ। यद्यपि वैज्ञानिकहरूले यसको परिभाषालाई एकरूपता दिन भने बाँकी नै छ।

सर्वसाधारणले भने यसलाई 'पोस्ट कोभिड वा लङ कोभिड' भन्ने गर्दछन्।

कोरोना भाइरसको लहरलाई पोस्ट कोभिडको लहरले पनि सँगसँगै पछ्याउने गर्दछ।   

नेचर जर्नलमा प्रकाशित लेखमा जनाइएअनुसार अमेरिकामा लगभग ३२ प्रतिशतको हाराहारीमा पोस्ट कोभिडका बिरामी देखिएका छन्।

बेलायतमा पनि केही महिना अगाडि गरेको अनुसन्धानले १० प्रतिशतमा उपचारपश्चात् पोस्ट कोभिडको समस्या हुने देखाएको थियो। इटालीमा झन्डै ८७ प्रतिशतमा उपचारपश्चात् यस्ता समस्या देखिएका थिए। 

प्रकाशित मिति: : 2021-06-17 12:22:00

प्रतिकृया दिनुहोस्