‘मेलम्चीमा भन्दा धेरै राहत हेलम्बुमा चाहिएको छ’

अनलाइनखबर

गौरव पोखरेल

सिन्धुपाल्चोकमा बाढीले गरेको क्षतिका हिसाबले सबैभन्दा बढी प्रभाव परेको ठाउँ हेलम्बु गाउँपालिका हो। तर राहत वितरण गर्नेको नजर त्यहाँसम्म पुग्न सकेको छैन।

माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले शुक्रबार साँझ हेलम्बुमा १३५ बोरा चामल, सोलारबत्ती सहितका राहत सामग्री वितरण गरेको छ। तर अन्य धेरैजसोको राहत सामग्री पुर्‍याउने होड दुर्गम हेलम्बुमा भन्दा सुगम मेलम्चीमा केन्द्रित छ।

सञ्चार र यातायात सम्पर्क विच्छेद हुँदा हेलम्बुमा धेरैको नजर पर्न नसकेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेल बताउँछन्। ‘मेलम्चीका लागि भनेर आएको राहतलाई पनि हेलिकप्टरमार्फत हेलम्बु पठाइरहेका छौं’, उनी भन्छन्।

सिन्धुपाल्चोकमा बाढी गएदेखि नै मेलम्चीस्थित सैनिक ब्यारेकमा कमाण्ड सेन्टर बनाएर प्रतिकार्यको नेतृत्व गरिरहेका पोखरेल बाढी पीडितलाई सहयोग गर्ने नाममा देखिएका केही दृश्यबाट भने आजित छन्।

‘पीडितलाई एक बोरा चामल दिएर पटक-पटक फोटो खिचाउने र त्यसमै विवाद हुने क्रम देखिएपछि जिल्ला र स्थानीय विपद् व्यवस्था समितिबाट राहत बाँड्ने व्यवस्था मिलाएका छौं’, उनी भन्छन्, ‘यसले हरेक पीडितले समानरुपमा राहत पाउनेछन्।’

उनै पोखरेलसँग मेलम्चीस्थित कमाण्ड सेन्टरमा अनलाइनखबरले सिन्धुपाल्चोकको अवस्थाबारे कुराकानी गरेको छ।

सुरुवातमा हामीले सोधेका छौं –

 

शनिबार बाढी पीडितका नाममा चन्दा नउठाउन भन्दै प्रशासनले सूचना जारी गर्‍यो। विज्ञप्तिमा चेतावनीयुक्त भाषा पनि छन्, यो सूचना जारी गर्नुपर्ने अवस्था किन आयो ?

खासमा बाढी पीडितका नाममा जथाभावी चन्दा संकलन गरेर फोटो खिचाउने प्रवृत्ति देखियो। यसमा पीडितको पनि गुनासो रह्यो। उहाँहरुले फोटो खिचाउन भएका प्रतिस्पर्धामा गुनासो गर्नुभयो। यसलाई व्यवस्थित गर्ने कोशिश गरेका हौं। यो भनेको राहत नल्याउनुस् भनेको होइन। विज्ञप्तिको शुरुमा ‘सहयोगको अपेक्षा भविष्यमा पनि भइरहनेछ’ भनेका छौं। व्यवस्थित ढंगले सही पीडितसम्म राहत पुगोस् भनेका हौं।

प्रकाशित मिति: : 2021-06-20 11:14:00

प्रतिकृया दिनुहोस्