प्रदेश प्रमुख कलौनीद्वारा तप्तबहादुरको निधनप्रति दुःख व्यक्त

File photo
File photo

कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले पूर्व सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्। 

प्रदेश प्रमुख कलौनीले शोक वक्तव्य जारी गर्दै भनेका छन्, 'पञ्चपुरी नगरपालिका ११ सुर्खेत कुइने निवासी समाजसेवी तथा पूर्व संविधानसभा सदस्यसमेत भईसक्नुभएका विष्टको उपचारको क्रममा काठमाडौँमा आज बिहान भएको निधनले स्तब्ध बनाएको छ।'

उनले यस शोकको घडीमा स्वर्गीय विष्टको मृत आत्माको चीरशान्तिको कामनाका साथै उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्। 

प्रकाशित मिति: : 2021-06-20 21:51:00

प्रतिकृया दिनुहोस्