म क्यान्सरमुक्त भएँ, सभापतिमा लड्छु : सुजाता कोइराला

‘एमालेमा राष्ट्रपति भइसके, काँग्रेसमा महिलालाई सघाउनुपर्यो नि’

रातोपाटी

लोकेन्द्र भट्ट

नेपाली काँग्रेसमा १४ औं महाधिवेशनको सरगर्मी बढिरहेका बेला स्वर्गीय गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइरालाले पनि केन्द्रीय सभापतिमा उम्मेदवारी बताएकी छन्। पार्टी सभापतिमा महिलालाई जिताएर काँग्रेसले इतिहास रच्नुपर्ने सुजाताको भनाइ छ।

‘मैले सभापतिमा लड्छु भनिसकेकी छु,’ कोइरालाले रातोपाटीसँग भनिन्, ‘आजसम्म नेपाली काँग्रेसमा माथिल्लो पदमा महिला आएका छैनन्, एमालेमा महिला राष्ट्रपति भइसकेका छन्।’

आगामी भदौ १६–१९ मा हुने महाधिवेशनका लागि नेपाली काँग्रेसमा करिब एक दर्जन नेताहरु सभापतिका दाबेदार देखिएका छन्। त्यसमा पनि कोइराला परिवारबाटै तीन नेता सभापतिको दौडमा देखिएका छन्। कोइराला परिवारका नेताहरु डा. शशांक र डा. शेखर कोइरालाले सभापतिमा बेग्लाबेग्लै दाबी गरिरहेका बेला भर्खरै क्यान्सरबाट मुक्त बनेकी सुजाताले पनि सभापतिमा उठ्ने घोषणा गरेकी छन्।

यसका लागि आफूले सरसल्लाह गरिरहेको र कोइराला परिवारबाट एकैजनाको उम्मेदवारी पर्न सक्ने सम्भावनासमेत औंल्याइन्। डा. शशांक र शेखर आपसमा मिल्नुपर्ने, नभए आफूलाई सभापति बनाउनुपर्ने उनले बताइन्।

नेपाली काँग्रेसको वर्तमान स्थिति, आगामी महाधिवेशनमा कोइराला परिवारको भूमिका अनि राष्ट्रिय राजनीतिका विषयमा केन्द्रित रहेर रातोपाटीले काँग्रेस नेतृ सुजातासँग गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ –

स्वास्थ्यमा समस्या (क्यान्सर) देखिएपछि तपाईं राष्ट्रिय राजनीतिको फ्रन्टलाइनबाट ओझेल पर्नुभएको छ। अहिले स्वास्थ्य अवस्था कस्तो छ ?

प्रकाशित मिति: : 2021-06-21 20:02:00

प्रतिकृया दिनुहोस्