महामारी : बालबालिकालाई स्वावलम्बी बनाउने मौका

हिमाल खबर

काठमाडौँ

कोरोनाभाइरसको महाकारीका कारण गत वर्ष जस्तै यो वर्ष पनि स्कूल जान नपाएका बालबालिकालाई घरमै जीवनोपयोगी सीप सिकाएर स्वावलम्बी बन्न प्रेरित गर्नसकिन्छ।

हरेक बेलुकी खाना खाइसक्दा कक्षा ५ मा अध्ययनरत १० वर्षीय नातिले ‘मुमा मोल्ने कि पखाल्ने?’ भनेर सोध्ने गरेको प्रश्न निषेधाज्ञा शुरू भएयता बिहान पनि सोध्ने गरेको छ। जसले पहिले खाइसक्छ, उसले मोल्ने नियम बनाएका छौं हामी दुई जनाले। निषेधाज्ञा शुरू भएको केही दिनमै बिरालोले दुइटा छाउरा जन्माएपछि नातिको व्यस्तता अझ बढेको छ। बिरालोलाई कहिले दूध, कहिले मासु त कहिले पानी दिन्छ भने छाउरा कता लग्यो भन्दै बिरालोकै पछिपछि कुदिरहन्छ दिनभरि।

यस्तै, अनलाइन कक्षा शुरू हुनुअघि दैनिकी लेख्न थालेको थियो। दिउँसो एकछिन टिभी हेरे पनि खाजा पकाउँदा सघाउने गर्छ। घरका मान्छेले पनि कहिलेकाहीँ उसलाई मनपर्ने मोमो, फुरनदाना, थुक्पा, चाउमिन बनाउने गर्छौं। त्यति मात्र होइन, बेलुकीपख कौसीको बोटबिरुवामा पानी हाल्न तथा गोडमेल गर्न पनि सघाउँछ। कहिलेकाहीँ मलमाटो बनाउन र बीउ राख्न पनि सहयोग गर्छ। यस्तै, घरबाहिर नजाओस् भनेर हामी पनि उसले भनेको बेला लुँडो र लुकाछिपी जस्ता खेल पनि खेल्ने गरेका छौं।

प्रकाशित मिति: : 2021-06-22 07:41:00

प्रतिकृया दिनुहोस्