अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित सव-डिभिजन वन कार्यालय, धादिङका सहायक वन अधिकृतलाई पक्राउ गरेको छ।
निलकण्ठ सव-डिभिजन वन कार्यालय, धादिङका कार्यालय प्रमुख कृष्ण प्रसाद पौडेललाई ४० हजार रकमसहित अख्तियारले पक्राउ गरेको हो।
सेवाग्राहीले फर्निचर उद्योगमा चिरानको लागि ल्याएको काठको सम्बन्धमा’ अनुसन्धान गर्ने भनी कागजात तयार गरी वन कार्यालयमा लगे पश्चात मुद्दा मिलाउने हो भने चालीस हजार दिनुपर्छ भनी घुस माग गरेको भन्ने सूचना आधारमा उनलाई पक्राउ गरेको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिएका छन्।
पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएकाे टोलीले सेवाग्राहीबाट रकम लिदै गरेकाे अवस्थामा निजकै कार्यकक्षबाट नियन्त्रणमा लिएको हाे।