नेपाल प्रहरीको नाममा क्लब हाउस चलाउने भक्तपुरका एक युवालाई प्रहरीले पक्राउ गरेको छ।
भक्तपुर चाँगुनारायण नगरपालिका ६ खरीबोटका २० वर्षीय ईसान लामिछानेले नेपाल प्रहरीको लोगो प्रयोग गरी क्लब हाउस चलाएको भेटिएपछि नेपाल प्रहरीको साईबर ब्यूरोले उनलाई पक्राउ गरेको हो।
लामिछानेले क्लब हाउसमा नेपाल प्रहरीका विभिन्न अधिकारीको नाम समेत दुरुपयोग गरेको भेटिएको छ। लामिछानेले केही समय यता सामाजिक संजालमा प्रहरीको नाममा क्लब हाउस चलाएको साइबर ब्यूरोले जनाएको छ।
पक्राउ परेका लामिछानेलाई जिल्ला अदालत काठमाडौंले ७ दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको छ।