गर्भवतीको हेलिकोप्टरबाट उद्धार

बिएल संवाददाता

रुकुम(पूर्व)
Symbolic photo
Symbolic photo

रुकुम (पूर्व) का एक गर्भवतीलाई हेलिकोप्टरबाट उद्धार गरिएको छ। 

जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका १ मैकोटका १९ वर्षीया भूमीका पुनमगरलाई हेलिकोप्टरबाट उद्धार गरेर आज सुर्खेत लगिएको गाउँपालिका स्वास्थ्य संयोजक समिर गिरीले जानकारी दिए। 

उनका अुनसार ती महिलालाई गएराति १२ बजेमात्रै मैकोट स्वास्थ्यचौकीमा पुर्याइएको थियो। सो स्वास्थ्य सस्थामा सुत्केरी गराउन जटिलता आएपछि प्रमुख जिल्ला अधिकारी राजकुमार राईको समन्वयमा हवाई उद्धार गरिएको स्वास्थ्य संयोजक गिरीले बताए। 

भरपर्दाे र प्रभावकारी स्वास्थ्य संस्था तथा प्रसूतिगृह नहुँदा जिल्लाका दूर्गम भेगमा गर्भवती तथा सुत्केरीले जोखिम मोल्दै आएका छन। राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट पनि यहाँका महिलालाई केही राहत भएको छ। रासस 

प्रकाशित मिति: : 2021-06-22 22:22:00

प्रतिकृया दिनुहोस्