जातीय आधारमा आरक्षण किन?

सेतोपाटी

काठमाडौँ

मिलन देवकोटा

 

कथित तल्लो जातको मानिस भएकाले एक युवतीले काठमाडौंमा कोठा नपाएको घटना समाचारमा प्रकाशित भयो। उनीप्रति सामाजिक सञ्जालमा थुप्रै सहानुभूतिपूर्ण प्रतिक्रिया आए। सायद त्यही साथ र समर्थनको आडमा हौसिएर हुनुपर्छ, उनले आफूलाई भेदभाव गर्ने घरबेटीविरूद्ध प्रहरी कार्यालयमा उजुरी दिइन्। अन्ततः आरोपितलाई पक्राउ गरियो।

ती युवतीलाई विभेदको घटना बाहिर ल्याएको र कानुनी कारबाहीको प्रक्रिया थालेकामा सबै मानिसहरूले वाहवाही भने गरेनन्। कतिपयले सोही घटनालाई लिएर फरक खाले अनपेक्षित जवाफ पनि दिए।

केही मानिसले लेखेका छन्- कोठा नपाउने विश्वकर्मा, कोठा नदिने नेवार अनि गाली खाने चाहिँ बाहुन?

अन्य केहीले लेखेका छन्- आफ्नो घरमा कसलाई कोठा दिने वा कसलाई नदिने भन्ने निर्णय गर्ने अधिकार घरबेटीलाई हुन्न र?

विषयान्तर गर्दै केही व्यक्तिले लेखेका छन्- तिमीले दलित भएका कारण कोठा पाइनौ, हामीले बाहुनक्षेत्री भएका कारण सरकारी जागिरमा कोटा पाएनौं। आखिर विभेद कहाँ छैन र?

यसमा थप्दै अरूले लेखेका छन्- जातको आधारमा आरक्षण पाउने प्रणाली रहेसम्म दलितमाथि भेदभाव भइरहने छ। समान हैसियत प्राप्तीका लागि दलितले सरकारी आरक्षण त्याग्नुपर्छ। राज्यले जातको आधारमा आरक्षण दिन बन्द गर्नुपर्छ।

प्रकाशित मिति: : 2021-06-23 12:28:00

प्रतिकृया दिनुहोस्