२४ घण्टामा २४२१ जनामा कोरोना संक्रमण, ८१ जनाको मृत्यु

थप २ हजार ४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७४६१ पीसीआर परीक्षणमा १५११ र ४९५३ जनाको एन्टिजेन परीक्षणमा ९१० जना गरी २४२१ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा ३ हजार ५५८ जना उपचारपछि निको भएर घर फर्किएका छन्। यस्तै गत २४ घण्टामा थप ८१ जनाको मृत्यु भएसँगै कुल मृतकको सङख्या ८ हजार ८९४ पुगेको छ।    

प्रकाशित मिति: : 2021-06-23 17:28:00

प्रतिकृया दिनुहोस्