करेन्ट लागेर एक जनाको मृत्यु

Symbolic photo
Symbolic photo

बिराटनगर महानगरापलिका-१५ भट्टाचोकमा निर्माणाधिन बजरङवली मन्दिरमा काम गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

भारत जोगबनी हाजिमहला घर भएका हाल सोही महानगरपालिका-१७ रानी डेरा गरी बस्ने २५ वर्षीय तावारुल आलमको बुधबार दिउँसो मृत्यु भएको हो।

रड बान्ने तार काट्ने मेसिनबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो।

प्रकाशित मिति: : 2021-06-24 13:53:00

प्रतिकृया दिनुहोस्