नेपाली कांग्रेसका तीन प्रभावशाली नेताहरूबीच छलफल भइरहेको छ।
कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच कोइराला निवास महाराजगञ्जमा छलफलमा जारी छ।
बैठकमा पार्टीको १४ औं महाधिवेशन र पार्टीलाई सुदृढ बनाउने विषयमा छलफल हुने बताइएको छ।
यसअघि पनि उनीहरुले बानेश्वरस्थित निधि निवासमा छलफल गरेका थिए।