कहिले शुरू भयो नेपालमा मकै खेती?

हिमाल खबर

काठमाडौँ

कमल मादेन

नेपालमा प्रमुख खाद्यान्न बालीमा धानपछि मकै पर्छ। हिमाली तथा पहाडी भेकमा मकैको निर्वाहमुखी खेती गरिन्छ भने तराई क्षेत्रमा व्यावसायिक खेती हुँदै आएको छ। कृष्णप्रसाद तिम्सिना र अरूहरू लिखित ‘मेज प्रडक्सन इन मिड हिल्स अफ नेपालः फ्रम फूड टु फिड सेक्युरिटी’ शीर्षकको लेख (सन् २०१६) अनुसार, मध्य–पहाडी भेकमा उत्पादित मकैमध्ये ८६ प्रतिशतभन्दा बढी मानिसले भोजनका निम्ति प्रयोग गर्छन्। तराईमा भने ८० प्रतिशत मकै गाईबस्तु र पक्षीको आहाराका रूपमा प्रयोग हुन्छ।

विगत केही वर्षयता नेपालमा मकैको उत्पादन बढेको देखिन्छ। आर्थिक वर्ष २०७५/७६ मा २६ लाख ४४ हजार मेट्रिक टन उत्पादन भएको थियो भने गत आव २०७६/७७ मा २८ लाख ३५ हजार मेट्रिक टन उत्पादन भएको तथ्यांक छ। तर, यति उत्पादनले नपुगेर वार्षिक सरदर रू.१५ अर्ब बराबरको मकै आयात हुँदो रहेछ। मकैबाट बनेका कर्नफ्लेक्स, कर्नफ्लोर लगायत वस्तु के–कति आयात हुन्छन्, लेखाजोखा छैन।

एसिया, अफ्रिका, यूरोप र अस्ट्रेलिया महादेशका निम्ति मकै नयाँ बाली हो। मेक्सिकोको दक्षिणपूर्वमा अवस्थित द बल्सस रिभर भ्यालीमा यसको उद्विकास भएको मानिन्छ। त्यहाँबाट फैलिँदै नेपालमा मकै खेती कहिले शुरू भयो होला? हाम्रा पुर्खाले यसको बीउ कुन माध्यमबाट फेला पारे र कहिलेदेखि यो हाम्रो मुख्य खाद्यान्न भयो होला?
 

प्रकाशित मिति: : 2021-06-26 11:47:00

प्रतिकृया दिनुहोस्