मासुले कसरी बदल्दै छ नेपालीको खानपान संस्कृति?

हिमाल खबर

काठमाडौँ

बितेका दशकहरूमा नेपालीको खानपानको शैलीमा ठूलो परिवर्तन आएको छ, मासुको उत्पादन र उपभोगमा आएको विस्तार त्यसैको दृष्टान्त हो।

अधिकांश नेपाली परिवारका लागि भान्सामा मासुका परिकार ‘लक्जरी’ हुने जमानामा शुरू भएको थियो, भ्याली कोल्डस्टोर।

चार दशकअघि काठमाडौंको नयाँ बजारमा पहिलो दिन १५ किलो कुुखुराको मासु बेचेर कारोबार थालेको यो पसलले अहिले दैनिक १० हजार किलोभन्दा धेरै मासु बिक्री गर्ने यसका सञ्चालकमध्येका एक सक्षम घिमिरे बताउँछन्।

विशेष अवसर, जमघट वा उत्सवमा मात्रै घरमा मासु पाक्ने जमानाबाट नेपाली समाज बदलिएको एउटा साक्षी भ्याली कोल्ड स्टोर हो।

बितेका दशकहरूमा नेपालीको खानपानको शैलीमा ठूलो परिवर्तन आएको छ, त्यसैको प्रतिविम्बन मध्यमवर्गको भान्छामा मासुका परिकारले प्रवेश पाएका छन्।

प्रकाशित मिति: : 2021-06-27 08:17:00

प्रतिकृया दिनुहोस्