आफ्नै बुवालाई हत्या गरेको अभियोगमा प्रहरीले खोटाङबाट एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २ सोल्माका २८ वर्षीय सुबर्ण राई रहेका छन्।
प्रहरीका अनुसार राईले ७२ वर्षीय चन्द्र कुमार राईको हत्या गरेका हुन्। सुबर्णले चन्द्र कुमारलाई खुकुरी प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका राईलाई प्रहरी थुनामा राखी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।