डोल्पामा छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु

Symbolic photo
Symbolic photo

डोल्पामा छुट्टा–छुट्टै दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ।

तल्लो डोल्पा अन्तर्गत मुड्केचुला गाउँपालिका वडा नं ४ इल गाउँबस्ने बर्ष ५७ का बिरबहादुर रोकायको सोही गाउँपालिकामा पर्ने झिमझिमे स्थित फेदी खोला जलविद्युतको नहरकुलोबाट खसेर मृत्यु भएको प्रहरी चौकी इलले जनाएको छ।

मृतक रोकाय विहान खाना खाएर जगदुल्ला हाइड्रो पावरको काम गर्न निस्किएको र साँझ अबेरसम्म नआएपछि खोजी गर्दा मृत फेला परेको प्रहरीको भनाई छ।

त्यसैगरी तल्लो डोल्पामै पर्ने जगदुल्ला गाउँपालिकामा ट्रयाक्टरको ट्रलीले च्यापेर सह–चालकको मृत्यु भएको छ।

आज बिहान सोही गाउँपालिकामा पर्ने चौरीकोटबाट माझगाउँ तर्फ खाद्यान्नलगायतको सामान लैजाने क्रममा ट्रयाक्टरको ट्रली बिग्रिएर बेरिङ्ग फेर्ने क्रममा जग भाँचिन गई च्यापिएर सोही गाउँपालिका वडा नं ६ गैरीगाउँ बस्ने १९ बर्षिया केरसिँह बिकको घटनास्थलमै मृत्यु भएको जिप्रका डोल्पाका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

चालक फरार रहेकाले खोजीकार्य भइरहेको डिएसपी पाण्डेको भनाई छ।

प्रकाशित मिति: : 2021-06-27 14:33:00

प्रतिकृया दिनुहोस्