कोरोना अपडेटः १९२० जनामा संक्रमण, ३४ जनाको मृत्यु 

पछिल्लो २४ घण्टामा थप १ हजार ९२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार जनामा गरिएको पीसीआर परीक्षणमा १३५३ र ३ हजार ८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जना गरी १९२० जनामा संक्रमण पुष्टि भएको हो।

त्यसैगरी पछिल्लो २४ घण्टामा ३ हजार ७ जना उपचारपछि निको भएर घर फर्किएका छन्। गत २४ घण्टामा थप ३४ जनाको मृत्यु भएको छ। योसंगै मृतकको सङख्या ९ हजार ९ पुगेको छ।

मन्त्रालयका अनुसार नेपालमा हालसम्म ६ लाख ३३ हजार ६७९ जना कोरोना सङ्क्रमित भएका छन्। त्यसैगरी ५ लाख ८४ हजार ३३४ जना निको भएका छन्। 

प्रकाशित मिति: : 2021-06-27 16:42:00

प्रतिकृया दिनुहोस्