चितवनको खैरहनी नगरपालिका-२ नबप्रभात टोल बस्ने ४६ वर्षीया कुमारी श्रेष्ठको आइतबार बिहान करेन्ट लागेर मृत्यु भएको छ।
खेतमा रोपाई गरेर शौचालय जाने क्रममा खेत नजिकैको केके इँटा उद्योगको कार्यालय पछाडी पर्खालबाट बाहिर निस्केको रडमा समाउँदा करेन्ट लागेर अशक्त भएकी उनलाई नयाँ मेडिकल कलेज भरतपुर पठाएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।
यस्तै दाङको गढवा गाउँपालिका-१ राताडाडा बस्ने प्र.२०३००१ ख ३५६१ नम्बरको टिपरका सहचालक २५ वर्षीय सागर सोमई मगरको शनिबार साँझ करेन्ट लागेर मृत्यु भएको छ।
सोही ठाउँस्थित राप्ती क्रसर उद्योगबाट ढुङ्गा लोड गरी फर्कने क्रममा पूर्व पश्चिम राजमार्गमा रहेको विद्युतको तार हटाउने क्रममा करेन्ट लागेर अशक्त भएका उनको राप्ती पोलिक्लिनिक भालुवाङ हुँदै लमही अस्पताल लमहीमा थप उपचारको क्रममा मृत्यु भएको हो। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।