बाबुरामले प्रचण्डसँग ‘सम्बन्धविच्छेद’ गर्दा हिसिलामा चुलिएको खुशी

अनलाइनखबर

काठमाडौँ

निर्भीकजंग रायमाझी

 

२०७२ असोज ३ गते नयाँ संविधानको घोषणालगत्तै बाबुराम भट्टराईले माओवादी छाड्ने घोषणा गरे । बाबुरामले पार्टी र तत्कालीन संविधानसभा सदस्य दुवैबाट राजीनामा दिएका बेला हिसिला यमी भने रूसको भ्रमणमा थिइन् ।

प्रचण्डको साथ छाडेको कुरा बाबुरामले टेलिफोन मार्फत पत्नी एवं माओवादी नेतृ हिसिला यमीलाई जानकारी दिए । बाबुरामले प्रचण्डसँग राजनीतिक ‘सम्बन्धविच्छेद’ गर्दाको उक्त क्षणमा आफू निकै खुशी भएको प्रसङ्ग हिसिलाले हालै प्रकाशित आफ्नो आत्मकथामा खुलाएकी छिन् ।

हिसिलाले भनेकी छन्– ‘प्रचण्डले आफ्नो व्यक्तिगत उद्देश्य वा राजनीतिक उपलब्धिको लागि बाबुरामसँग कि सहकार्य गरे कि सधैं आक्रमण गरे । प्रचण्डका लागि अन्य राजनीतिक दलसँग बार्गेनिङ गर्ने हतियार मात्र थिए बाबुराम । त्यसैले बाबुरामले माओवादी छोडेकोमा मलाई खुशी लाग्यो ।’ प्रचण्डसँगको सम्बन्ध मात्र होइन हिसिलाको आत्मकथाले धेरैको सत्य नङ्ग्याइदिएको छ । धेरै राजनीतिक पात्रको चरित्र उदाङ्गो बनाइदिएको छ ।

प्रकाशित मिति: : 2021-07-01 15:35:00

प्रतिकृया दिनुहोस्