सुदूरपहाडमा भूकम्पको धक्का

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ। गएराति १० बजेर २ मिनेटमा गएको भूकम्पको धक्का प्रदेशका बझाङ, बाजुरालगायत जिल्लामा महसुस गरिएको हो। 

केन्द्रविन्दु बझाङ र बाजुराको सीमा सैपाल नजीक रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिए। भूकम्प ४ दशमलव १ रेक्टर स्केलको गएको केन्द्रले जनाएको छ।  भूकम्पको क्षतिबारे कुनै जानकारी आएको छैन। रासस 

प्रकाशित मिति: : 2021-07-03 12:16:00

प्रतिकृया दिनुहोस्