बैरागी काइँलाको स्वास्थ्य अवस्था सुधारोन्मुख

फाइल तस्वीर
फाइल तस्वीर

नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्वकुलपति तिलविक्रम नेम्वाङ (बैरागी काइँला)को स्वास्थ्यमा सुधार आएको छ।

मस्तिष्काघात भएपछि काठमाडौंको चाबहिलस्थित ओम अस्पतालमा उपचाररत उनको स्वस्थ्यमा सुधार आएपछि वार्डमा सारिएको अस्पताल स्रोतले जनाएको छ।

उनको शरीर र हात चल्न थालेको तथा बोली पनि स्पष्ट भएको भएको उनकी छोरी नामोती नेम्वाङ बताएकी छन्।

काइँलाको उपचारमा ओम अस्पतालका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोइराला, सघन उपचार विशेषज्ञ डा.प्रमेश सुन्दर श्रेष्ठ, न्यूरोलोजिष्ट डा. कृष्ण ढुङ्गाना लगायतका चिकित्सकहरुसहितको टोली संलग्न छ।

प्रकाशित मिति: : 2021-07-04 11:58:00

प्रतिकृया दिनुहोस्