सानेपामा भारतीय नागरिकको शंकास्पद मृत्यु, अनुसन्धान जारी

Symbolic photo
Symbolic photo

ललितपुरको सानेपामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। 

सानेपाको गुसिटोलमा रहेको राम मन्दिर नजिकै भारत घर भएका ५९ वर्षीय सत्यनारायणको शव फेला परेको प्रहरीले बताएको छ। 

डेरा गरेर बस्दै आएका उनको घोप्टो परेको अवस्थामा शव फेला परेको हो। मृतकबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: : 2021-07-04 12:45:00

प्रतिकृया दिनुहोस्