संसारभरका ‘टावरिङ जजेज्’मा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ

हिमाल खबर

काठमाडौँ

क्याम्ब्रिज युनिभर्सिटी प्रेसले हालै प्रकाशित गरेको पुस्तकमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई अमेरिका, बेलायत, भारत, सिंगापुर, दक्षिण अफ्रिका लगायत देशका नामी न्यायाधीशहरूसँगै ‘टावरिङ जजेज्’ मा सूचीकृत गरिएको छ।

'चाइनिज युनिभर्सिटी अफ हङकङ'की सह-प्राध्यापक डा.मारा मालगोडी नेपालको वर्तमान संविधान, यसको निर्माण प्रक्रिया तथा संवैधानिक र न्यायिक इतिहासबारे राम्रो जानकारी राख्ने सीमित विदेशी प्राज्ञिक व्यक्तिमध्ये पर्छिन्। नेपालको संवैधानिक परम्परा र विभिन्न समयमा अस्तित्वमा आएका संविधानबारे उनका आलोचनात्मक लेख थुप्रै जर्नल र किताबका अंशका रूपमा प्रकाशित छन्।

उनै मालगोडीले क्याम्ब्रिज युनिभर्सिटी प्रेसले हालै प्रकाशित गरेको ‘टावरिङ जजेज्ः अ कम्प्यारेटिभ स्टडी अफ कन्स्टिच्युसनल जजेज्’ पुस्तकमा नेपालका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठमाथि लामो च्याप्टर लेखेकी छिन्। 

प्रकाशित मिति: : 2021-07-09 06:44:00

प्रतिकृया दिनुहोस्