एमाले युवा नेता ज्ञानुराम प्रसाईंको कार दुर्घटनामा निधन

बिएल संवाददाता

बिर्तामोड 

चारआली–भद्रपुर सडक खण्ड अर्तगत भद्रपुर–९ स्थित देवकोटा चोकमा शुक्रबार दिउँसो भएको सवारी दुर्घटनामा एमाले नेता ज्ञानुराम प्रसाईंको निधन भएको छ।

बिर्तामोड–१ निवासी ४६ वर्षीय प्रसाई एमाले युवा नेता हुन्। उनले चलाएको बा १६ च ८१८२ नम्बरको कार आफैँ अनियन्त्रित भई देवकोटाको सालिकको कम्पाउण्डको वालमा ठोकिएर दुर्घटना हुँदा कार चालक प्रसाईं गम्भिर घाइते भएका थिए।

गम्भिर घाइते प्रसाईको मेची प्रदेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डीएसपी राकेश थापाले जानकारी दिए।

प्रसाईंको बायाँ खुट्टा र भित्री चोट लागि घाइते भई उपचारका लागि लगिएको र तत्काल चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2021-07-09 14:38:00

प्रतिकृया दिनुहोस्