नेपाल एयरलाइन्सलाई कम्पनीमा लैजाने विवादको चुरो के हो ?

अनलाइनखबर

काठमाडाैं

चालु आर्थिक वर्षको बजेटमार्फत नेपाल वायुसेवा निगममा रणनीतिक साझेदार भित्र्याउने र त्यसका लागि कम्पनी मोडलमा रूपान्तरण गर्ने घोषणा गरियो । सोही अनुरुप तयारी शुरु गरिएको छ ।

सरकारले निगमको नेतृत्वलाई कम्पनी मोडलमा चलाउने सम्बन्धमा आवश्यक प्रबन्धपत्र र नियमावलीको ढाँचा मागेको थियो । निगम व्यवस्थापनले सोही अनुरुप मन्त्रालयलाई ढाँचा उपलब्ध गराएको छ ।

तर ढाँचा बुझाएसँगै निगमका कर्मचारी भने आन्दोलनमा उत्रिएका छन् । बिहीबार समेत निगमका कर्मचारीले कार्यालय परिसरमा धर्ना कायम राखेका छन् । बुधबार निगम व्यवस्थापनले उनीहरूसँग वार्ताका लागि समिति समेत बनाइसकेको छ, तर आन्दोलनरत कर्मचारी भने वार्ता समितिसँग वार्तामा समेत नबस्ने र निःशर्त प्रबन्धपत्र फिर्ता हुनुपर्ने अडान लिइरहेका छन् ।

उता, व्यवस्थापनले भने अहिलेकै मोडलमा निगमले सरकारसँग पैसा माग्ने र तलब खाने बाहेक कम्पनीले कमाएर ऋण तिर्न नसक्ने बताइसकेको छ । कर्मचारीहरू निगमकै अस्तित्व मास्न नहुने बताइरहेका छन् । व्यवस्थापन पक्ष भने संस्थालाई परम्परागत तरिकाबाट चलाउन नसक्ने तर्क गरिरहेको छ ।

प्रकाशित मिति: : 2021-07-09 19:24:00

प्रतिकृया दिनुहोस्