माधव नेपाललाई जनै खटिरा

नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालको स्वास्थ्यमा समस्या देखिएको छ।

उनलाई जनै खटिरा भएको र चिकित्सकको सल्लाह अनुसार निवासमै आराम गरिरहेको उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिएका छन्।

उनको स्वास्थ्य अजस्थाबारे बुझ्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' उनकै निवास पुगेको थिए।

हिजो (शुक्रबार) बसेको एमाले कार्यदलको बैठकले आज (शनिबार) संयुक्त रुपमा एकताको घोषणा गर्ने बताए पनि यसबारे कुनै टुङ्गो लागिसकेको छैन। 

प्रकाशित मिति: : 2021-07-10 17:47:00

प्रतिकृया दिनुहोस्