कहिले खुल्छन् विद्यालय ?

अनलाइनखबर

काठमाडौं

नयाँ शैक्षिक सत्र सुरु भएको महिना दिन वित्न लागिसक्यो । तर लाखौं विद्यार्थीहरु विद्यालय जान पाएका छैनन् । शहरी क्षेत्रमा अनलाइन लगायतका वैकल्पिक माध्यमबाट विद्यार्थीहरुलाई पठनपाठनमा जोड्ने प्रयास भइरहे पनि ग्रामिण क्षेत्रमा त्यो पनि हुन सकेको छैन ।

कोभिड–१९ को दोस्रो लहर केही कम भए पनि अझै नियन्त्रणमा आइसकेको छैन । अहिले पनि दैनिक २ हजार आसपासमा नयाँ संक्रमित भेटिने गरेको छ भने जनस्वास्थ्य विज्ञहरुले तेस्रो लहर आउन सक्ने चेतावनी पनि दिएका छन् ।

कोरोना महामारीका करण शैक्षिक सत्र २०७७/७८ मा पनि मुस्किलले केही साता विद्यालय खुलेको थियो । दोस्रो लहर आएपछि मध्य वैशाखबाट दुई महिना देशका अधिकांश जिल्लामा निषेधाज्ञा लगाइयो । पछिल्लो समय निषेधाज्ञा खुकुलो बनाइएको छ । होटल, रेष्टुराँ, सार्वजनिक यातायात सबै खुलेका छन् । तर विद्यालयहरु कहिलेबाट र कसरी खोल्ने कुनै टुंगो छैन ।

विद्यालय सञ्चालन तथा बन्दको अधिकार स्थानीय तहको भए पनि केन्द्र सरकारले नै निर्णय गर्दै आएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक शिक्षामा नै जोड दिएको छ । विद्यालय खोल्नेबारे कुनै निर्णय गरेको छैन ।

प्रकाशित मिति: : 2021-07-11 10:12:00

प्रतिकृया दिनुहोस्